फिल्मको सेटमा २० फिट उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


फिल्मको सेटमा २० फिट उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु


9.204k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्मको सेटमा २० फिटकाे उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता विजय सेतुपति अभिनित फिल्मको सुटिङका ​​क्रममा स्टन्ट म्यान एस सुरेशको दुर्घटनामा परी मृत्यु भएको हाे । फिल्मको छायांकनका क्रममा सुरेश स्टन्ट सीन गरिरहेका थिए ।

सुरेश मुख्य स्टन्ट निर्देशकसँग सहायकको रूपमा काम गरिरहेका थिए। फिल्म दृश्यका अनुसार, एक भव्य सेट राखिएको थियो । जहाँ सुरेशलाई डोरीले बाधिँएको थियो ।

जब डोरी चुडियो उनी २० फिट तल खसे उनलाई तत्काल अस्पताल लगियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यसैगरी, बाँकी स्टन्ट सहकर्मी घाइते भएका छन् ।

वेत्री मारनको निर्देशनमा बनेको यो फिल्मको सेट एक्कासी शोकमा परिणत भयो ।