मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले कन्चनपुर घट्नाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् ।
डा.कोइरालाले प्रहरी प्रशासनले घट्नालाई कमजोर बनाउन लागेको बताउँदै दोषी जतिसुकै शक्तीशाली भएपनि कानुनी कठघरामा ल्याउनुपर्ने बताए ।
कोइरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको समेत बताए ।
नेपाल महिला संघ मोरंग–३ ले सलकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले सरकार एकदलीय तानाशाही शासनतर्फ अगाडी बढीरहेको बताए ।
उनले सरकार दुई तिहाइको दम्भमा नागरिकमाथि गोली बर्षाउँदै हिडेको बताउँदै संबिधान प्रदत्त नागरिक अधिकार नखोस्न सरकारलाई चेतावनी दिए ।
कार्यक्रममा प्रदेससभा सदस्यहरु लोकप्रसाद संग्रौला र शेखर थापा, मोरंग कांग्रेसका युवा नेताहरु बसन्त भट्टराई, ललित श्रेष्ठ, देवराज तामाङ लगायतले बोलेका थिए।









प्रतिक्रिया दिनुहोस्