नागरिक बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


नागरिक बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न


78
Shares

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकको १७ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष देवलाल किसीले समय-समयमा आइपर्ने प्रतिकूल परिस्थितिका बावजुद संस्थाले व्यवसायिक सफलताको लागि प्रयत्नरत रहेर सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो ।

कोषाध्यक्ष माधव थापाले आर्थिक वर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गर्दै संस्थामा २ करोड ३७ लाख १४ हजार चुक्ता पूँजी संकलन भएको, बचतमा ४७ करोड ८५ लाख ९४ हजार रुपैयाँ तथा ऋण लगानीमा ३५ करोड ९५ लाख ५ हजार रुपैयाँ भएको बताउनुभयो ।

आ.व. २०७८/०७९ मा ५ करोड ७३ लाख ७८ हजार रुपैयाँ आम्दानी गरी ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खर्च भई ५० लाख ५४ हजार रुपैयाँ नाफा गरेको कोषाध्यक्ष थापाले बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ ।

साधारण सभामा भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य किरण थापा, संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेत र चिव केदार प्रसाद कोइराला लगायतले मन्तव्य राखेका थिए ।