५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय


27.469k
Shares

काठमाडौं । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ ।

पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । तर आइतबारको बैठकपश्चात् पार्टी महासचिव देव गुरुङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरेका छन् ।

महासचिव गुरुङले बैठकमा निर्वाचनसम्बन्धी सबै पक्षबारे समीक्षा भएको तर अहिलेको गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको दाबी गरेका छन् महासचिव गुरुङले गठबन्धनको कतिपय क्षेत्रमा अपेक्षाकृत नभए पनि मूलभूत रूपमा उपलब्धिमूलक रहेको दाबी गर्दै सरकार गठनको विषयमा प्रवेशसमेत नगरेको दाबी गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।