Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कञ्चनपुर घटनाका शंकास्पद सबैमाथि अनुसन्धान गर्ने नेकपाको निर्णय


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको आकस्मिक बैंठकले कञ्चनपुर घटनाबारे दुःख व्यक्त गर्दे जोसुकै दोषी भए पनि कानुनको दायरामा ल्याउने निर्णय गरेको हो ।

बैठकमा देशभर हत्या, हिंसा बढेको, बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे पनि समीक्षा भएको थियो ।

बैंठकले अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न पनि सबैसँग अपील गर्ने निर्णय गरेको छ ।

बैंठक पछि नेता नारायणकाजी श्रेष्ठले सामाजिक मूल्य मान्यता विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजाय गर्न सरकारको ध्यानाकर्षण गरेको बताए ।

बैंठकले शान्ति सुरक्षा फितलो भएको भन्दै शान्ति सुरक्षा सुदृढ गर्न र जनताको सुरक्षा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको थियो ।