‘सोल अफ दि कमाण्डो’मार्फत २४ वर्षपछि राजकुमार पर्दामा « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


‘सोल अफ दि कमाण्डो’मार्फत २४ वर्षपछि राजकुमार पर्दामा


754
Shares

काठमाडौं । अभिनेता राजकुमार राई मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’बाट २४ वर्षपछि पर्दामा फर्किएका छन् ।

सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’पछि उनी अब यस फिल्म मार्फत पर्दामा फर्किएका छन् । गोर्खाली सेनाका रूपमा ब्रिटिस आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ ।

राजकुमार अभिनेता मात्रै नभएर तेक्वान्दो खेलाडी पनि हुन् । उनी अवकाशप्राप्त ब्रिटिस आर्मी पनि हुन् । उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

२४ वर्षपछि अभिनयमा फर्किनु कलाकारका लागि चुनौतिपूर्ण रहन्छ । तर, उनी यसलाई चुनौती मान्दैनन् । फिल्ममा राजकुमारसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङलगायतको अभिनय रहेको छ ।

युवराज (वीरबहादुर) राईद्वारा निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।