धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु, ९ घाइते « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु, ९ घाइते


169
Shares

काठमाडौं । धनुषामा जन्ती बोकेको जीप शनिबार बिहान साढे ४ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।