Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सिन्धुलीमा वडाध्यक्षले चुनावी खर्च नदिएकाे आरोपमा कार्यालयमा तालाबन्दी


143
Shares

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१ मा वडाध्यक्ष जयबहादुर पौडेलले निर्वाचनको खर्च नदिएकाे आरोपमा वडा कार्यालयमा ताला लगाएर अवरोध गरिएको छ।

उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । तर उहाँले गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा भएको खर्च नतिरेको भन्दै कांग्रेसकै कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएका हुन्।

पौडेललाई चुनाव जिताउनका लागि कार्यकर्ताहरुले विभिन्न स्थानमा गरेको खर्च लामो समयसम्म नपाएपछि वडा कार्यालयमै तालाबन्दी गरेको बताएका छन् ।

वडा कार्यालयमा तालाबन्दी गर्ने कांग्रेका कार्यकर्ताहरुका अनुसार निर्वाचनका समयमा स्थानीय पसल होटलहरुमा खाना, खाजा, चिया र नास्ता खाए बापत १ लाखको हाराहारीमा वडाध्यक्ष पाैडेलले रकम नतिरेको बताएका छन् ।