कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार


546
Shares

कपिलवस्तु । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएकाे छ ।

मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारतीय नागरिक ३५ वर्षीय ईरशाद खानमाथि गोली प्रहार भएकाे हाे ।

भारत सिद्धार्थनगर जिल्लाको अलिगढवा निवासी खानमाथि गएराति दुई गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

चाकरचौडा बजारको एक होटलमा रहेका खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनु भयाे ।

उहाँका अनुसार गोली लागेर घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ ।

गोली हान्ने समूहको खोजीकार्य भइरहेको उहाँले बताउनु भयाे ।