बाजुरामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


बाजुरामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर


1.612k
Shares

बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएकाे छ ।

आज शुक्रबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार १ सय ३० मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

त्यस्तै, बाजुराकाे प्रदेश सभा (क) तर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही २ हजार ६ सय ६४ प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ। उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले १ हजार १ सय २७ प्राप्त गरेर पछ्याईरहनुभएकाे छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर बिकले २ सय ५३ प्राप्त गर्नुभएकाे छ।

साथै बाजुरा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार लालबहादुर ओलीले १ हजार ३ सय ५२ प्राप्त गर्नुभएकाे छ ।उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १ हजार २ प्राप्त गरेर पछ्याईरहनुभएकाे छ । राष्ट्रिय जनता पार्टीका उम्मेदवार हिमालबहादुर शाहीले १ प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले २ प्राप्त गर्नुभएकाे छ