‘भनिएजस्तो संकटमा छैन अर्थतन्त्र’ « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


‘भनिएजस्तो संकटमा छैन अर्थतन्त्र’


325
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिर भनेजस्तो मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।

अर्थतन्त्रका सूचाकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले गति लिएर पुँजीगत खर्च बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट भन्न नमिल्ने तर्क गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन ) को २६ औं वार्षिकोत्वसका अवसरका बिहीबार अर्थमन्त्री शर्माले केही व्यक्ति तथा आर्थिक क्षेत्रका विज्ञहरूले अर्थतन्त्र संकटतर्फ धकेलिएको बताउँदै आए पनि वास्तविकता त्यस्तो नभएको बताए ।

अहिले राजस्व संकलन घटेको र उपयोग पनि घटेको अवस्था रहेको भन्दै उनले अब विकास निर्माणलाई तिव्रता दिएसँगै माग बढ्ने धारणा राखे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।