१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सिन्धुली अस्पतालमा फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू


130
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू गरेको छ ।

अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहोरको स्मार्ट अटोक्लेभ मेसिन प्रविधिबाट वर्गीकरण गरी व्यवस्थापन सुरू गरेको हो ।

सिन्धुली अस्पतालले अस्पतालमा उव्जिएका औषधिका रित्ता डब्बा, स्लाईनका बोतल, सिरिन्ज, मेटल, बाक्लो कागज, पानीका बोतल लगायतका विभिन्न खाले फोहोरलाई संकलन केन्द्रमा भण्डारण गरी वर्गीकरण गरेर प्रशोधन गर्न थालेको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।

यसअघि सिन्धुली अस्पतालमा उत्पन्न भएका फोहोर व्यवस्थापन हुन नसक्दा स्वास्थ्यकर्मी, सेवाग्राही समेतलाई प्रत्यक्ष रुपमा असर गर्दै आएको थियो । अस्पतालले स्मार्ट अटोक्लेभ मेसिन प्रविधिबाट फोहोरको वर्गीकरण गर्न र पुनः प्रशोधन गर्न मिल्ने वा नमिल्ने पत्ता लाग्ने भएकाले अस्पताललाई आम्दानीको स्रोत समेत हुने देखिएको छ ।

सिन्धुली अस्पताललाई शून्य फोहोरको लक्ष्य अनुसार संक्रमित फोहोरलाई स्मार्टअटोक्लेभको प्रयोग गरी निर्मलीकरण गरिने फोहोर व्यवस्थापन केन्द्रहेकाफका कार्यक्रम प्रबन्धक श्रीवस्ती कर्माचार्यले बताउनुभयो ।