
काठमाडौं । यूरोपियन युनियन (ईयु) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ ।
उसले हवाई सुरक्षा उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदान संस्था एउटै हुदाँ स्वार्थ बाझिएर सुरक्षमा प्रश्न उठ्ने आरोप लगाएको छ ।
एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ ।
ईयुले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्