२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेता सांसद बन्दै शहर छिरे जनता भारत


143
Shares

जाजरकोट । जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण भारत पलायन हुन थालेका छन् ।

प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरू विजय उत्सव मनाइरहेका बेला जनता काम खोज्दै भारत पलायन हुन थालेका हुन् ।

गाउँमा श्रम र रोजगारी नहुँदा नाना र खानाको जोहो गर्न सर्वसाधारण धमाधम भारत जाने गरेका छन् ।

उता दैनिक २० देखि ५० जना ज्यालामजदुरी गर्न घर छोडेर भारत जाँदै गर्दा नेताहरू भने विजय उत्सवमै व्यस्त छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।