
सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगरको महत्वकांक्षी योजनाका रुपमा अघि सारिएको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माण सुरु भएको १७ वर्ष बित्दा पनि अन्योलमा परेको छ ।
वीरेन्द्रनगर उपत्यकालाई भित्र पारेर एउटै सडकले जोड्ने उद्देश्यले सुरू गरिएको चक्रपथ नेतृत्व तहको बेवास्ताका कारण अलपत्र परेको हो ।
चक्रपथको निर्माण २०६२ बाट थालिएको थियो । २०६४ यताका हरेक निर्वाचनमा यहाँका हरेक उम्मेदवारको एजेन्डामा चक्रपथ पर्ने गरेको छ । २०७० सालको संविधान सभाको दोस्रो निर्वाचन, २०७४ र यस पटकको स्थानीय र संसदीय दुवै निर्वाचनमा उठेका उम्मेदवारले प्राथामिकताका साथ चक्रपथको योजना आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेका थिए ।
तर, आयोजना निर्माणले भने गति लिन सकेको छैन । अहिले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्