
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले माग सम्बोधन गर्न नसकेको भन्दै निजी क्षेत्र असन्तुष्ट बनेको छ ।
बैंकको उच्च व्याजदर घटाइनुपर्ने र केन्द्रीय बैंकले ल्याइको चालू पूँजी बजार मार्गदर्शन फिर्ता हुनुपर्ने मागसहित आन्दोलित निजी क्षेत्रले मौद्रिक नीतिको समीक्षाले टालटुले समाधान मात्र खोजेको टिप्पणी गरेको छ ।
आम निर्वाचनका कारण रोकिएका निजी क्षेत्रको आन्दोलन मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि पुनः सुरु गर्ने तयारी अघि बढाइरहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
‘मौद्रिक नीतिको त्रैमासिक समीक्षाले हामी उद्योगी व्यवसायीका माग सम्बोधन गर्न सकेन । त्यसैले अब यसअघि तय गरिएका आन्दोलनका कार्यक्रम पुन: सञ्चालन गर्नुको विकल्प रहेन’, उपाध्यक्ष श्रेष्ठले भने ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्