कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी


1.313k
Shares

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् ।

मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन् ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।