
काठमाडौं । यहि मंसिर ४ गते भएकाे प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा व्यहोरेको पराजयकाे जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले आज साेमबार नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवं उर्जामन्त्री पम्फा भुसाल पराजित हुनुभएकाे छ । क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट माओवादीकै राजकाजी महर्जन पनि पराजित हुनुभएकाे छ ।
यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादीका उम्मेदवार हरि दाहाल पनि पराजित हुनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्