Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान


104
Shares

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।

आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।