थप १ जना कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


थप १ जना कोरोना संक्रमण


104
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ सय २६ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ सय ६१ जनाको पीसीआर र ३ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।