३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


निर्माण व्यवसायीहरुलाई कुनै किसिमको धरपकड नगरिने मन्त्री महासेठको प्रतिबद्धता


0
Shares

काठमाडौं, असार ३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन् ।

राजधानीमा आइतबार मन्त्री महासेठ अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा उनले अब व्यवसायीलाई विगतमाजस्तो व्यवहार नगरिने बताएका हुन् ।

सोही बैठकमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह पनि गरे ।

निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नरहने भन्दै मन्त्री महासेठले अब व्यवसायीलाई धरपकड नगरिने जानकारी दिए ।

‘कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएको छ,’ उनले भने, ‘व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।’

निर्माण कार्यलाई छिटो छरितो बनाउन साइट क्लियरेन्स नगरी टेण्डर आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको मन्त्री महासेठले बताए ।