विराटनगर, जेठ २७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता नभएको बताएका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले आउँदो निर्वाचनको बेलामा त्यो विषय बहसमा आउनसक्ने भन्दै अहिलेको एजेण्डा सुशासन, समृद्धि र विकास भएको उल्लेख गरे ।
यसअघि दाहालले नै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका थिए ।
तर दाहालको भनाइलाई सबैतिरबाट बेमौसमको बाजा भन्दै आलोचना भएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन ।
उनले संघीयता पहिलो पटक प्रयोगमा आएकाले केही जटिल देखिए पनि प्रणाली नै विफल बनाउने नियतले कोही नआएको पनि बताए ।
कर्मचारी र राजनीतिक नेतृत्वबीच आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको विषयको बुझाइमा भने केही समस्या देखिएको उनले उल्लेख गरे ।
संघीय समाजवादी फोरमसँग पार्टी एकताको चर्चा चलेपनि तत्काल सम्भावना नरहेको भन्दै अध्यक्ष दाहालले राजपालाई सरकारमा ल्याउने विषयमा छलफल भएपनि ठोस निर्णय हुन बाँकी रहेको जानकारी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्