Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


बाजुरामा सिडियाे, सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेको आरोपमा ११ जना पक्राउ

११ जनालाई नै मुद्दा चलाउने तयारी

1.8k
Shares

महेश कार्की

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

आज शनिबार प्रहरीले ११ जनालाई पक्राउ गरी छानबिन गरेर दोषीलाई अपमानजनक वा अमानवीय व्यवहार गर्ननहुने कसुरमा मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले बताउनुभएकाे हाे । पक्राउ परेका ११ जनालाई बाजुरा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयाे ।

उनीहरुले यहि मंसिर ७ गते सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक नजिक सडकमा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी, सुरक्षा निकायका प्रमुख तथा जवानहरूलाई सार्वजनिक स्थानमा कालो मोसो शरीरमा फाली ढुंगामुढा प्रहारगरि आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अमानवीय तथा अपमानजनक व्यवहार गर्ने कसुरमा संलग्न ब्यक्तिलाई पक्राउ गरी छानबिन सुरू गरेको छ ।

जिल्ला समन्वय समितिको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयबाट जिल्ला प्रशासन कार्यालय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताउनुभएकाे छ । ढुगांमुढा प्रहारसँगै कालो मुसो समेत फाल्ने काम भएको उहाँले बताउनुभएकाे हाे । उनीहरूले लोकतान्त्रिक चोकमा टायर बालेको कालो मुसो फालेका थिए ।

अनेरास्वबियु बाजुराका एक नेताले भने निर्दोष ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् ।

Skip This