चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक


507
Shares

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट ३० सेकेन्ड लामो टिजर सार्वजनिक भएको हाे । साेही टिजरमा प्रेमी-प्रेमीकाबीच आउने उतार-चढावलाई समेत प्रस्तुत गरिएको छ । साेही टिजरमा साम्राज्ञी निकै नै बोल्ड देखिएकी छन् ।

निर्माता रमेश एमके पौडेलले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा निर्देशक पौडेल स्वयमको कथा, गीत र निर्माण रहेको छ । यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, खड्कबहादुर पुन (खबपु), इमिली लामा र सरोज खनालको अभिनय रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । आगामी पुष २९ गतेबाट याे चलचित्र नेपाल भर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।