Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


विश्वकर्माद्वारा पुनः रिट निवेदन


0
Shares

काठमाडौं, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

गैरकानुनीरूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।

यसअघि, दुईपटक निवेदन दर्ता गराएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो ।

अदालतले भदौ १ र ७ गते दुईपटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिएपनि सरकारले फेरि पक्राउ गरेको थियो ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबारमात्र विश्वकर्मालाई अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएपनि अदालतमा ल्याइ छाडेको केही समयपछि उनलाई प्रहरीले समातेको थियो ।

विश्वकर्माको आइतबार सुनुवाइका लागि पेसी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए । रासस