कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी


1.833k
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ ।

एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।

कांग्रेस उम्मेदवार शाशले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको थियो । गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाशलाई पराजित गर्नुभएको छ ।

यस्तै, कपिलवस्तु ३ को प्रदेश सभा १ मा एमालेका अर्जुन कुमार केसीले ११ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको छ । केसीको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्राले ११ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको थियो ।

मतगणना गर्दा १६४ मत नभेटेपछि विवाद भएको थियो । हराएको १६४ मत समानुपातिक मत पेटिकामा गएको हुन सक्ने भएको शंका गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

प्रदेश समानुपातिक मत पेटिकामा प्रत्यक्ष प्रदेश तर्फको ४ मत भेटिएको अधिकृत मरासिनीले बताउनुभयो । समानुपातिक मतगणना चलिरहेको र शनिबार विहानसम्म सकिने अनुमान गरिएको छ ।

यस्तै, कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर ३ को १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी हुनुभएको छ । यादवले ८ हजार ५ सय ८२ मतका साथ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार रजाउ रहमान खानले ७ हजार ९ सय ७ मत ल्याउनुभएको थियो । जानकी यादवले ६ सय ७५ मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खानलाई हराउनुभएको थियो ।