२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


काठमाडौंमा विरोध प्रदर्शन


0
Shares

काठमाडौं, भदौ ८ । महिला शक्ति सन्जाल र नयाँ शक्ति पार्टी नेपालले बढ्दो महँगी, भ्रष्टाचार, अस्वाभाविक कर वृद्धिविरुद्धमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

किसानहरुलाई राहत दिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्नेलगायतका नारा प्रदर्शनमा सहभागीहरुले लगाएका थिए ।

देश समृद्ध बन्ने दिशामा अघि बढ्नुको साटो झन् भ्रष्टचार, हत्या, हिंसा, बलात्कार मौलाएको प्रदर्शनका सहभागीहरुको भनाइ थियो ।