सिन्धुलीका सबै स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


सिन्धुलीका सबै स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


130
Shares

सिन्धुली । सिन्धुली जिल्लाको प्रतिनिधि सभाको दुई वटै निर्वाचन क्षेत्र र प्रदेशसभाको चारै वटा क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वार विजयी भएका छन् ।

सिन्धुलीको क्षेत्र नं १ मा सत्तागठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ् । उहाँले ३० हजार ३ सय ९१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रदीपकुमार कटुवालले २५ हजार ५ सय ४६ मत पाउनु भएको थियो ।

त्यस्तै, सिन्धुली जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी हुनुभएको छ । उहाँले २७ हजार ५ सय १७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाउनु भएको थियो ।

सिन्धुली जिल्लाको क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मातृका भट्टराई विजयी हुनुभएको छ् । उहाँले १५ हजार ८ सय ५३ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास देवकोटाले १२ हजार ५ सय ३३ मत पाउनु भएको थियो ।

यस्तै, सिन्धुली क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ । उहाँले १५ हजार ६ सय २१ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार बहादुर कार्कीले १३ हजार ३ सय ९९ मत पाउनु भएको थियो ।

क्षेत्र नं २ को प्रदेशसभा १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका क्षेत्र बहादुर बम्जनले १६ हजार ८ सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ् भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका विनोदकुमार खडकाले ११ हजार ६ सय ३३ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, क्षेत्र नं. २ को प्रदेशसभा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गंगा नारायण श्रेष्ठले १३ हजार १ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत पाउनुभयो ।