Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


शशांक कोइरालाले भने – प्रधानमन्त्रीमा मेरो दाबी छ


2.4k
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने बताउनु भएकाे छ ।

प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताउनु भएकाे छ ।

‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उहाँले भन्नुभयाे भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे हाे ।