थप ६ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


थप ६ जनामा कोरोना संक्रमण


143
Shares

काठमाडौं । थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ९० जनामा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ३० जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४५ पुगेको छ ।