Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


मकवानपुर १ बाट प्रतिनिधिसभामा राप्रपाका दीपक सिंह विजयी

कमल थापा र काँग्रेस सहमहामन्त्री डीना पराजित

1k
Shares

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएकाे छ ।

उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनु भएकाे हाे।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे छ । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत मात्र ल्याउनु भएकाे हाे।