तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी


403
Shares

काठमाडौं । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा (एमाले) का एकबहादुर रानामगरलाई ५ हजार ३ सय ७५ मतान्तरले पराजित गर्नुहुँदै विजयी हुनुभएको हो ।

पौडेलले २५ हजार ३ सय १८ मत ल्याउनु हुँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याउनु भएको छ ।

२०७४ मा भने पौडेल बाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो ।