भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी


572
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । आज बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराउनुभएको हो ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २४ हजार २३९ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २८२ मत पाउनुभयो । यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ७ हजार १२७ मत पाउनुभयो ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो ।

भक्तपुर–२ मा वि.सं. २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस, नेमकिपा र नेकपा (एमाले) ले पालैपालो जित्दै आएका छन् । २०७४ सालमा भने एमालेका बस्नेत कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरी विजयी हुनुभएको थियो ।