२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


धनुषा-३ मा एमालेकाे अग्रता कायम


325
Shares

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतोले १२ हजार ३ सय १३ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ ।

उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिल कुमार झाले १० हजार २ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे हाे । जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले ३ हजार २ सय ३ मत प्राप्त गर्नुभएकाे छ।

त्यस्तै, धनुषा-३ काे प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले ११ हजार १ सय ६१ मत प्राप्त गर्नुभएकाे छ । जनता समाजवादी पार्टीका उम्मेदवार सपाका जितेन्द्र यादवले ८ हजार ९ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे गर्नुभएकाे छ ।

त्यस्तै, जनमत पार्टीका डा. प्रसन्न झाले ५ हजार ६ सय २० मत प्राप्त गर्नुभएकाे छ ।