बझाङमा समाजवादी र एमालेका गुरु चेलाबीच कडा प्रतिस्पर्धा « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


बझाङमा समाजवादी र एमालेका गुरु चेलाबीच कडा प्रतिस्पर्धा


2.561k
Shares

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ ।

बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । समाजवादीका उम्मेदवार जोशीले १६ हजार १७३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महरले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । दुबै जनामा मतान्तर १०२ रहेको छ । यस अघि महर अघि देखिनु भएको थियो ।

राजनीतिमा लागेको हिसावले जोशी महर भन्दा पाका नेता मानिनुहुन्छ । एमालेमा रहँदा दुबै राजनीतिमा लागेको हिसावमा जना गुरु चेलाका रुपमा थिए । यस्तै प्रदेश सभा तर्फ बझाङमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभाको पनि मतगणना जारी छ ।