अजयको ‘दृश्यम २’ को ५ औं दिनमा कमाई कति ? « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


अजयको ‘दृश्यम २’ को ५ औं दिनमा कमाई कति ?


11.687k
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ले पाँच दिनमा ८६ करोड ४९ लाख भारतीय रुपैयाँ कमाई गरेको छ ।

फिल्म रिलिज भएको ५ दिन बितिसक्दा पनि फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म गत शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्मको पहिलो श्रृंखलालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको पहिलो श्रृंखला सन् २०१५ मा रिलिज भएको थियो। लामो समयपछि उक्त फिल्मको दोस्रो श्रृंखला रिलिज भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले पहिलो दिन १५.३८ करोड भारतीय रुपैयाँको सुखद सुरुवात गरेको थियो । दोस्रो दिन फिल्मले २१.५९ करोड भारतीय रुपैयाँ र तेस्रो दिन २७.१७ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो । त्यस्तै, फिल्मले चौथो दिन ११.८७ करोड भारतीय रुपैयाँ र पाँचौ दिन १०.४८ करोड भारतीय रुपैयाँ कमाएको छ । यो सँगै फिल्मले पाँच दिनमा ८६.४९ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

फिल्म बनाउन निर्माताले ५० करोड भारतीय रुपैयाँ लगानी गरेका छन् । ‘दृश्यम २’ ले छिट्टै बक्स अफिसमा सय करोडको आँकडा पार गर्ने निर्माण टिमको अनुमान छ ।