Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग (भिडियो)


0
Shares

कपिलदेव खनाल (इमेज)

नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत साउन ७ गते नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर–९ मा दुईओटा स्काभेटरमा चन्द समूहले आगजानी गरेको अभियोग उनीमाथि लगाइएको छ ।

बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएका उनलाई प्रहरीले उक्त मुद्दा लगाएको हो ।

प्रहरीले उनलाई पक्राउ गरी बिहीबार राति नै नुवाकोट ल्याएको थियो ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।

आगो लगाएका कारण एउटा जलेर पूर्णरुपमा क्षति भएको थियो भने अर्कोमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

तर, विश्वकर्माले भने आफ्नो संगठनको आगजनीमा कुनै हात नरहेको दाबी गर्दै आएका छन् ।

आफूलाई राज्यसंयन्त्रले फसाउन खोजेको आरोप उनको छ ।

विश्वकर्मालाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेस गरिएको थियो ।

भिडियो हेर्नुहोस्