पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी


143
Shares

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ । ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५ सय २३ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

रिजालले ३१ हजार १ सय ४२ मत ल्याउनु भएको छ भने नेकपा एमालेका जालिम मियाँले २५ हजार ६ सय १९ मत ल्याउनु भएको छ ।

रिजाल ०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णसँग पराजित हुनुभएको थियो । कर्णले २० हजार ७ सय ३८ मत ल्याउनु भएको थियो भने रिजालले १४ हजार ७ सय २ मत मात्रै पाउनु भएको थियो ।