Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मतदान केन्द्रको जिम्मा महिलालाई


65
Shares

बैतडी । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीको एक मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।

जिल्लाका २ सय १० मतदान केन्द्र मध्ये एक मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला मात्रै रहेका छन् ।

पाटन नगरपालिका-६ मा रहेको कृष्ण मावि (क) मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै रहेका सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।