रुपन्देहीमा मतदान स्थलको तयारी पूरा « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


रुपन्देहीमा मतदान स्थलको तयारी पूरा


78
Shares

काठमाडौं । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल तयार भएको छ ।

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा रहेको मतदान स्थल सबै किसिमबाट आइतबारको मतदानका लागि तयार भएको हो ।

बुटवल बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्रहरु स्थापना गरेको मतदान अधिकृत हरिप्रसाद पण्डितले बताउनुभयो । अपाङ्ग, अशक्त, दीर्घरोगी र वृद्धवृद्धाहरुका लागि छिटो छरितो मतदान सम्पन्न गर्न त्यही अनुरुपको मतदान स्थल निर्माण गरेको बताउनुभयो ।

आइतबार एकै चरणमा हुने प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचनसम्बन्धी सबै तयारी भइसकेको निर्वाचन आयोगले बताएको छ । आइतबार हुने निर्वाचनलाई सुरक्षित, भयरहीत, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय बनाउनका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरु तैनाथ गरेको छ ।

निर्वाचनका लागि मुख्य शहरहरुबाट मतदान गर्न आम नागरिकहरु पनि आफ्नोआफ्नो घर जाने क्रम जारी रहेको छ ।