कांग्रेस र माओवादीले भन्याे : फाटो गराउने दुराशयले सामाजिक सञ्‍जालमा भ्रमपूर्ण प्रचार भयो « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कांग्रेस र माओवादीले भन्याे : फाटो गराउने दुराशयले सामाजिक सञ्‍जालमा भ्रमपूर्ण प्रचार भयो


1.547k
Shares

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

कांग्रेस र माओवादीले प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेकोभन्दै त्यस्तो प्रचारमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएकाे छ ।