
चितवन, असार ३ । चितवनको नारायणगढ–मुग्लिन सडकको ईच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित जलविरेमा ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ ।
ठुलो पानी परिरहेका कारण बेलुका ६ बजेदेखि लगातार पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो खसेपछि चितवनबाट मुग्लिनतर्फ गएका गाडीहरु जुगेडीमा रोकिएको छ भने काठमाडौं, पोखराबाट आएका गाडीहरु मुग्लिनमै रोकिएका छन् ।
पहिरो खस्न रोकिएपछि पन्छाउने काम शुरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
बर्खायाम शुरुभएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको त्रास बढेको छ । सो सडक भएर यात्रा गर्नेले सजक भएर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्