भेलुबाजेलाई २ हजार दिएको हाे/हाेइन भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


भेलुबाजेलाई २ हजार दिएको हाे/हाेइन भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण


3.562k
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेकपा एमालेका नेता सूर्य थापालाई पुन: स्पष्टीकरण सोधेको छ ।

सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको विषयमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको हो ।

प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएपछि आयाेगले स्पष्टीकरण साेधेकाे हाे ।

चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले यसअघि पनि थापालाई स्पष्टीकरण सोधेको थियो ।