२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


युक्रेनका लाखौं जनता अध्याँरोमा बस्न बाध्य


715
Shares

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणका कारण ऊर्जा पूर्वाधारलाई क्षति पुगेको बताउनुभएको छ । यसबाट लाखौं युक्रेनी नागरिक विद्युत विहीन भएको उहाँले उल्लेख गर्नुभएको छ ।

विद्युत अभावका कारण युक्रेनको किभ, ओडेसा, सुमाइ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएको छ । बिजुली आपूर्ति सामान्य बनाउन प्रयास जारी रहेको पनि उहाँले बताउनुभएको छ ।

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नु दु:खद् पक्ष भएको जेलेन्स्कीको भनाइ छ । रुस र युक्रेनबीचको युद्ध ९ महिनामा प्रवेश गर्दा युक्रेनतर्फ ठुलो क्षति भएको छ ।