Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


बाह्य क्षेत्रमा सुधार, आन्तरिक पाटो भताभुंग


78
Shares

काठमाडौं । एक वर्ष भन्दा धेरै समयदेखि समस्यामा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा अहिले सुधार आएको छ । तर, यहि बेला अर्थतन्त्रमा आन्तरिक पाटो भने भताभुंग बनेको छ । चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले मुलुकको बाह्य क्षेत्रमा गत वर्षका तुलनामा निकै सुधार आएको देखाएको हो ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको भदौसम्ममा रेमिट्यान्स आय, शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालू खाता वस्तु आयात लगायत प्रमुख सूचक गत वर्ष भन्दा धेरै बलियो भएका छन् । यि मध्ये केही सूचक अझै नकारात्मक अवस्थामा छन् । तर पनि ती सूचकको अवस्थामा गत वर्षको भन्दा धेरै सुधार आएको छ ।

करिब १४ महिनादेखि लगातार घाटामा रहेको शोधनान्तर स्थिति अहिले बचतमा आएको छ । राष्ट्र बैंकका अनुसार असोजसम्ममा शोधनान्तर १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा पुगेको छ । अघिल्लो वर्ष असोजमा शोधनान्तर ८७ अर्ब ७१ करोडले घाटामा थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।