Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सर्वोच्चले छाड्न आदेश दिएलगत्तै प्रवक्ता विश्वकर्मा फेरि समातिए


0
Shares

काठमाडौं, भदौ ७ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बिहीबार सर्वोच्च अदालतले प्रवक्ता विश्वकर्मालाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विस्फोटको घटनामासमेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसअघि, साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो ।

तर, प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो । रासस