Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सिन्धुलीको कृषि उपज बजारका २५ वटा सटर खाली


65
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् ।

संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन गर्नका लागि निश्चित मापदण्ड बनाएकाले अन्य व्यापार गर्ने व्यावसायीलाई दिन नमिल्ले भएकाले सटरहरु खाली रहेको बजार व्यवस्थापक नवराज खड्काले बताउनुभयाे ।

कृषि बजार व्यवस्थापन समिति मातहत रहेका ६० वटा सटरहरु मध्ये ३५ वटा सटरहरु भाडामा गएपनि माथिल्लाे तलामा रहेका सटर र गोदामहरु हालसम्म खाली रहेको उहाँले बताउनुभयाे । सिन्धुलीमाडीमा कृषि उपज बजारमा सर्वसाधरण कृषकहरुले उत्पादन गरेको प्रशोधन बिनाको कृषि उपजहरु बिक्री वितरण गर्न पाउने समेत व्यवस्था गरिएको छ ।

सोही बजारमा भएका तरकारी बजार तथा कृषि जन्य वस्तुहरु बिक्री वितरण गर्ने पसलहरुमा माथिल्लो तलामा गोदाम तथा व्यवसाय गर्नका लागि व्यवसायीले नरुचाएका कारण सटरहरु खाली भएका हुन् । कृषि उपज बजारमा दैनिक रुपमा ५ देखि ७ सयको संख्यामा मानिसहरु कारोबार गर्न आउने र दैनिक ३ करोड बराबरको कारोबार हुने एक तथ्यांकले देखाएको छ ।

कृषि उपज बजारमा विशेषगरी तरकारी, फलफूल, मासु पसल र डेरी पसल लगायतका व्यवसायहरु बढी मात्रामा रहेका छन् ।

Skip This