Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


विरासत जोगाउन र भत्काउन होड


78
Shares

काठमाडौं । २०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धन ११ क्षेत्रसहित अघि देखिएको छ। एमाले नेतृत्वको विपक्षी गठबन्धन ७ क्षेत्रमा अगाडि छ। लुम्बिनी प्रदेशका ११ जिल्लामा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । त्यहाँबाट कांग्रेस नेता रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालासहितका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्। तीमध्ये पर्वत र बागलुङ १ मा सत्ता गठबन्धन झिनो मतले मात्र अघि छन्।

अन्य क्षेत्रमा भने दुवै गठबन्धनले पाएको मतान्तर केही हजारमा छ। पर्वतमा सत्ता गठबन्धनबाट कांग्रेसका अर्जुनप्रसाद जोशी उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट एमालेका पदम गिरी प्रतिस्पर्धामा छन्। बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्। केसीसँग एमालेका सूर्यप्रसाद पाठक भड्किँदैछन्। उक्त मतमा सत्ता गठबन्धनको साझेदार राष्ट्रिय जनमोर्चाले पाएको मतलाई समावेश गरिएको छैन भने सत्ता गठबन्धनमा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने त्यस प्रदेशबाट १५ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। उसले मुस्ताङ, मनाङ र बागलुङ २ मा उम्मेदवारी दिएको छैन। त्यसलाई समेत आधार बनाउने हो भने विपक्षी गठबन्धन थप कमजोर देखिन्छ। एमाले नेतृत्वको सत्ता गठबन्धन अघि रहेका क्षेत्रमा

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।