Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन


39
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भन्दै सखुवानान्कारकट्टी गाउँपालिका सिरहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

नेपालको संविधानको धारा २४७ मा संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।