Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


निर्वाचनमा सरकारी साधन स्रोत व्यापक दुरूपयोग


364
Shares

काठमाडौं । सत्तारूढ दलबाट निर्वाचनमा उम्मेदवार बनेका मन्त्री तथा सत्तारूढ दल निकटका विभिन्न व्यक्तिहरूले निर्वाचनमा सरकारी साधन स्रोत व्यापक दुरूपयोग गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यसबारे गम्भीर छानबिन थालेको छ ।

आयोगले केही दिनअघि मात्रै सरकारी साधन स्रोत दुरूपयोग गर्ने मन्त्री तथा अन्य राजनीतिक नेतृत्वमाथि छानबिन गर्न आग्रहसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको थियो ।

सो आग्रहबमोजिम अख्तियारले निर्वाचनका क्रममा देशभरमा भएका सरकारी साधन स्रोत दुरूयोगबारे छानबिन र अनुसन्धान थालेको हो ।

अख्तियारका अनुसार सरकारमा रहेका उच्चपदस्थले निर्वाचनका क्रममा हेलिकोप्टर प्रयोग गर्दा सरकारी खर्च गरेको भन्नेबारे समेत गम्भीर छानबिन थालिएको छ । निर्वाचनमा हेलिकोप्टर प्रयोग गर्दा सरकारी खर्च गर्नेले अख्तियार दुरुपयोग गरेको ठहरिने भएकाले त्यसबारे समेत गम्भीर छानबिन भइरहेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।